काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रनको योगफल बनाएको हो।
पोखराका मार्कस क्रिसथेलीले ३५, मिसेल लिस्कले २५, एन्ड्रिज गोसले २०, रेमन राइफरले १७, दीलिप नाथले ११, दिनेश अरेलले १० रन बनाए। बाँकी ब्याटसम्यानले दोहोर रन बनाउन सकेनन्।
बलिङतर्फ जनकपुरका ललित राजवंशीले तीन विकेट लिए भने जेम्स नीशमले २ विकेट लिए। किशोर महतो र मोहम्मद मोहसिनले एकएक विकेट लिएका थिए।
यसअघि भएको खेलमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो। जनकपुरले भने विराटनगर किङ्स र कर्णाली याक्सलाई समान ८ विकेटल पराजित गरेको छ।


