काठमाडौँ- भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुकले काठमाडौँस्थित बौद्ध गुम्बामा पुगेर दर्शन र पूजा गरेका छन्।
भारतबाट स्वदेश फर्कने क्रममा नेपाललाई ट्रान्जिट पारी राजा वाङचुकले स्वयंभू र बौद्धको दर्शन गरेका हुन्।
बौद्ध पुग्नुअघि राजा वाङचुकले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका थिए।
त्यहाँ स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए।
करिब आधा घण्टा त्यहाँ रहेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरे।
भूटानी राजा आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बौद्धनाथमा भूटानी राजाका तस्बिर












स्वयंभू भ्रमणका तस्बिरहरू

















