काठमाडौं– प्रभु र सेञ्चुरी क्यापिटलले एकीकृत कारोबार सुरु गरेका छन्। प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपछि सोमबारदेखि प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष रमेशकुमार हमालले दुई संस्था मर्जरपछिको एकीकृत कारोबार उद्घाटन गरे।
मर्चेन्ट बैंकमध्ये सर्वाधिक चुक्ता पुँजी रहेको प्रभु क्यापिटलले सेञ्चुरीलाई प्राप्ति गरेपछि यस्तो पुँजी १ अर्ब २० करोड पुगेको छ।
प्रभु क्यापिटल प्रभु बैंकको सहायक कम्पनी हो भने सेञ्चुरी क्यापिटल तत्कालीन सेञ्चुरी बैंकको सहायक कम्पनी हो। प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु भइसकेकाले सहायक कम्पनी पनि एक भएका हुन्।
