काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टज जितेर ब्याटिङ रोजेको विराटनगरलाई कर्णालीले निर्धारित २० ओभर खेल्दै १३३ रनको योगफल तयार पारेको हो।
कर्णालीका ओपनर देव खनाल र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरे।
देवले ४८ बलमा ५३ रन बनाउँदा बोसिस्टा ४९ बलमा ६६ रन बनाएर आउट भए।
विलियमले ५ चौका र ३ छक्का प्रहार गरेका थिए भने खनालले ४ चक्का र २ छक्का प्रहार गरेका थिए। अन्य खेलाडीले दोहोरा अंक छुन सकेनन्।
कर्णालीका शिखर धवनले ५ रन मात्र जोड्न सकेका थिए।
अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
९ रनमा २ विकेट गुमाएको कर्णालीले अन्तिम ओभरमा ४ विकेट गुमाउन पुग्यो।
बलिङमा विराटनगरका प्रतीश जीसीले ४, क्रिस सोल र बसिर अहमदले २-२ तथा अकिव इल्यासले एक विकेट लिए।
दुई खेलमा एक हार र एक जित निकालेका दुवै टोली दोस्रो जीतको खोजीमा छन्।
