काठमाडौं–सन्राइज बैंकले कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित सञ्जाल १०३ पुगेका छन्।
बैंकले कुचैनीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ।
कार्यक्रममा गौरीगंगा नगरपालिका वडा–३ का वडाध्यक्ष मनिराज जोशी, बैंकका अत्तरिया शाखा प्रमुख मातृका खड्का उपस्थित थिए। शाखारहित बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका साथै एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ।
शाखारहित सेवाबाट ग्राहले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत सुविधा लिन सकिनेछ। हाल बैंकले १३९ शाखा, १०३ शाखारहित बैंकिङ, १३ एक्सटेन्सन काउन्टर र १६२ एटिएममार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।


