२०८३ कार्तिक १२ गते बुधबार

द केरला स्टोरी : प्रोपोगान्डा र कन्ट्रोभर्सीको फ्युजन

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, जेठ २
the_kerala_story

सन् २०२३ मे ५ देखि भारतीय चलचित्र ‘द केरला स्टोरी’ सिनेमाघरमा प्रदर्शन भइरहेको छ। चलचित्रको टिजर रिलिज भएदेखि विभिन्न तहतप्कादेखि राजनीतिक वृत्तसम्म यसको चर्चा छ। केही विषयमा यो चलचित्र विवादमा पनि परेको छ।

विवाद नचलोस् पनि कसरी त! हिन्दूसँग आबद्ध संघसस्था र भारतीय जनता पार्टी (बीजेपी)जस्ता पार्टी पनि चुनावका माहोल तताउन यो सिनेमालाई एजेन्डा बनाएका छन्। उनीहरूले चलचित्रका विषयवस्तुलाई समर्थन गरेका छन्। अर्का थरि भारतीय कांग्रेस वा निकटले भने खुलेआम विरोध जनाएका छन्।

तीन चरणमा देखिएको चलचित्रको सुरुवात नै अफगानिस्तानको जेलमा ‘इन्टरगोरेसन’बाट सुरु भएको पाइन्छ। घरसँगै कलेज गएपछिको कथा, प्रेममा परेपछि विछोडको कथा र सिरिया जाँदा बाटोमा पाएको दुःखःको कथालाई एकसाथ एकअर्कासँग जोडेर कथा सुरु भएको छ।

धार्मिक सहिष्णुतालाई आधार मानेर अघिल्लो वर्ष ‘द काश्मीर फाइल्स’ बनिसकेको छ। धर्म, लभ जिहाद वा आईएसआईएसका नाममा हुने यौन दास, आतंकवादी संगठनका काम देखाएको यो फिल्मले सभ्यता समाप्त पार्न धर्मलाई मूल हतियार बनाई आक्रमण गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।

कथाका मूल पात्र तीन जना नर्सिङका विद्यार्थी भारतका विभिन्न ठाउँबाट केरलाको कलेजमा पढ्न पुगेका हुन्छन्। उनीहरुको रूममेट मुस्लिम समुदायका व्यक्ति हुन्छन्। ऊसँगको भेटबाट तीन जना साथीहरूमा आउने बदलाव, समस्या र चुनौती नै मुख्य चलचित्रको मुख्य विषयवस्तु छ।

एक जना पात्र पूर्णरुपमा मुस्लिम साथीको जालमा पर्नु, अर्को साथी जालमा परे पनि छाड्न चाहनु र अर्को साथी उनीहरुको आनीबानी थाहा पाएर टाढिन खोज्नु कथाका विषय हुन्। यसैमा आईएसआईएसमा कसरी ललाईफकाई जिहाद र धर्मका नाममा बाध्य पारिन्छ भन्ने कुरालाई सूक्ष्म ढंगबाट थ्रिलर, भायलेन्स, ड्रामाका माध्यमबाट देखाउने प्रयास गरिएको छ।

गीताञ्जली मुस्लिम साथीको चक्रमा पूरा नफसे पनि उसलाई साथीसँगको संगतले आफ्नै प्रेमीको मायाजालमा परेको भिडियो बाहिर आउनसाथ आत्महत्या गर्नेसम्मको अर्को कथा यसमा छ।

चलचित्रको मुख्य नायिका अदाह शर्मा (शालिनी/फतिमा) हरर चलचित्र ‘१९२०’बाट फिल्मी यात्रा सुरु गरेकी थिइन्। उनको अहिलेसम्मकै सबै भन्दा दमदार अभिनय पछिल्लो चलचित्रमा देख्न सकिन्छ। उनका साथै योगिता बिहानी (निमाह), सिद्दी इदनानी (गीताञ्जलि) र मुस्लिम चरित्र अभिनय गरेकी सोनिया बलानी (अशिफा)को अभिनय फिल्ममा छ।

सुदीप्तो सेनको कथा तथा निर्देशकीय क्षमता फिल्ममा अब्बल देखिन्छ। जल्दोबल्दो सत्य कहानीलाई चलचित्रमा उतार्न मुस्किलनै हुन्छ र यसमा निर्देशक केही हद सफल छन् जसले गर्दा अहिले यो सिनेमा ‘कन्टोर्भर्सी’को मारमा परेको छ।

‘नेसनालिजम इज हराम, मुस्लिम इज आइडेन्टिटी’जस्ता नारा भित्तामा टाँसिनुले पनि मुस्लिम, सरिया कानुन र कुरानसम्बन्धी ज्ञान बाँडेको प्रष्ट देखिन्छ। विगतमा गरेको भूल र भविष्यमा यसको रोकथाम, साम्प्रदायिक हिंसाको न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले यो चलचित्र हेर्नलायक छ।

गीताञ्जलिका बुवा कट्टर कम्युनिस्ट हुन्छन्। जसका घरमा लेनिन, मार्क्स, स्टालिनका तस्बिर झुन्डिएका छन्। तर छोरी घर आउने बेला हिजाब लगाएर आउँछिन्। यसपछि गीताञ्जलीको परिवारले हिजाब महिलाको बचावट गर्ने अस्त्र हो या मुस्लिमको पहिचान भन्नेमा यकिन हुन सकेको छैन। यसले उनका बुबामा पनि अन्यौल सिर्जना गरेको छ। यही अन्यौलका बीचमा गीताञ्जलिका बुवामा हृदयघातको समस्या देखिन्छ। उनलाई अस्पताल भर्ना गरिन्छ।

अहिले यस चलचित्र भारतीय राजनीतिमा तरङ्ग ल्याएको छ। उत्तरप्रदेश, मध्यप्रदेशमा छुट गरी प्रदर्शन भएको यो चलचित्र पश्चिम बंगाल, झारखण्डमा जातीय दंगालाई प्राथमिकता दिने, धर्मसहिष्णुतालाई असर पुर्‍याउन सक्ने भनेर बन्देज लगाइएको छ।

गीताञ्जली मुस्लिम साथीको चक्रमा पूरा नफसे पनि उसलाई साथीसँगको संगतले आफ्नै प्रेमीको मायाजालमा परेको भिडियो बाहिर आउनसाथ आत्महत्या गर्नेसम्मको अर्को कथा यसमा छ।

मुस्लिम रूममेटले तीन जना साथीलाई ‘ब्रेनवाश’ वा ‘मेनुपुलेट’ गरी मुस्लिम बनाउनेतर्फ लागेका छन्। मुस्लिको संगतपछि शालिनी र गीताञ्जलिले मुस्लिम धर्म अपनाउन थालेका छन्। तर ईसाईलाई मान्ने साथी निमाहलाई भने धर्मान्तरण गर्न सकिएको छैन। धर्म प्रचार र धर्मान्तरण गर्न भारत मात्र होइन, नेपालमासमेत क्रिस्चियन प्रचार प्रसार व्यापक देखिन्छ।

चलचित्रका अनुसार ३२ हजारभन्दा बढीलाई धर्म परिवर्तन गराएको भनिएको छ। श्रीलंका, अफगानिस्तान हुँदै सिरियासम्म भारतीय युवायुवती धर्मान्तरण गराइएको कथा फिल्मले भनेको छ।

चलचित्रमा निमाहले आफूलाई धर्मान्तरणको प्रयास गरेको र लागुऔषध सेवन गरी पटकपटक बलात्कारसमेत गरेको समेत प्रहरी सामु बताउँछिन्। आफू जस्तै हजारौँ किशोरीलाई लभ जियादको शिकार, ‘ब्रेन वाश’ र मायाजालमा फसाउने, गर्भवती बनाई बाध्यतामा निकाह गर्न उत्प्रेरित गर्ने गरेको बताएकी छन्।

अहिले यस चलचित्र भारतीय राजनीतिमा तरङ्ग ल्याएको छ। उत्तरप्रदेश, मध्यप्रदेशमा छुट गरी प्रदर्शन भएको यो चलचित्र पश्चिम बंगाल, झारखण्डमा जातीय दंगालाई प्राथमिकता दिने, धर्मसहिष्णुतालाई असर पुर्‍याउन सक्ने भनेर बन्देज लगाइएको छ।

चलचित्रमा रोमान्स संगीत मध्यमस्तरको छ। तर थ्रिल्लिङवाला पृष्ठभूमिको संगीत र सिनेमेटोग्राफी उत्तम छ। कलाकारले कथापटकथालाई अत्यन्त मिहिन ढंगबाट प्रस्तुत गरेका छन्। पात्रको अभिनयले केरलाको कथालाई देश र विश्वकै कथा भन्न सकेको छ।

शालिनीबाट फतिमा बनेकी अदाह शर्मालाई उनकै साथीसँग प्रेम गर्न लगाएर गर्भवती बनाई छोडेर गएपछि बच्चाका लागि अर्को व्यक्तिसँग निकाह गर्न परेपछिको दृश्यले नै मुख्य कथाको ‘प्लट’ बदलिदिन्छ। बीचबीचमा आङ नै सिरिङ्ग हुने दृश्य आँखामा आइपुग्छ। सवा दुई घण्टा कही कतै नगई सिनेमामै बाँध्न सफल छ।

पूरा कथा भनेसम्म काटमार, रोमान्स र महिलालाई बन्दी बनाई बिक्री गर्ने, इस्लामिक कानुनको प्रत्यक्ष साक्षी बन्न चलचित्रले सघाएको छ। अन्त्यमा वास्तविक चलचित्रसँग सम्बधित असली पात्रको छोटो फुटेजले केही हदसम्म प्रमाणमा सत्यता छ भन्ने पुष्टि गर्न सहयोग गरेको छ।

प्रकाशित: २०८० जेठ २ गते मङ्गलबार ०५:२४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना