२०८३ कार्तिक १३ गते बिहिबार

बसन्तपुरमा योमरी दिवस, यस्तो छ इतिहास [तस्बिरसहित]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३०
Yomari Purnima-1494

काठमाडौँ- नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन्।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरघरमा व्यस्तता छ। नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्।

चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ।

सोही अवसरमा आज काठमाडौंका नेवार समुदायले र्याली सहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।

कहाँबाट र कसरी सुरु भयो?
आज योमरी पूर्णिमा (थिंला पुन्हि) हो। यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ। वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई योमरी पुन्हि अर्थात् धान्य पूर्णिमा भन्ने गरिन्छ।

हजारौँ वर्ष पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो, जसलाई अहिले काभ्रेपलाञ्चोकको पनौती भनिन्छ। लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एकजना राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए।

राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको विश्वास रहँदै आएको स्थानीय राजाराम कर्माचार्यले बताए। उक्त स्थानलाई अहिले ‘नमोबुद्ध’ भनिन्छ। ‘पाञ्चाल देश’ अर्थात् पनौतीमा महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा पनि लाग्ने उनले जानकारी दिए।

लिच्छविकालीन ग्रन्थमा समेटिएको घटनाक्रमअनुसार योमरी पूर्णिमा (थिंला पुन्हि)को प्रचलन पनौतीबाट सुरूवात भएको मान्दै आइएको स्थानीय वृद्धाहरू बताउँछन्। तत्कालीन बेलाको पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको योमरीको प्रचलन पनौतीबाट भएको पुष्टि गर्ने स्थानीय कर्माचार्यले बताए। उनले भने, “पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले योमरीको सुरूवात पनौतीबाट भएको विश्वास गर्दै आएको हौँ।”

कर्माचार्यका अनुसार पनौतीको इतिहासका आधारमा नेपालका अन्य स्थानका विशेष गरी नेवारी समुदायले योमरी पूर्णिमा धुमधमका साथ मनाउँदै आएका हुन्। अहिले यो पर्वले सबै समुदायलाई मोहित बनाउँदै लगेको पाइन्छ। महासत्वलाई गौतम बुद्धको पूर्वजन्म पनि मानिँदै आइएको छ।

“ग्रन्थअनुसार तत्कालीन पाञ्चाल देशमा एक सुचन्द्र नाम गरेका महाजन थिए। धर्मात्मा सुचन्द्रले आफ्नो दयालु श्रीमतीसँग जीवन गुजारा गरिरहँदा सन्तान अभावको पीरमा भगवान विष्णुको प्रार्थना गर्थे। मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर रोटी (योमरी) पकाउन लाग्दा भगवान कुबेरले भेष बदलेर गरिब ब्राह्मणको रूपमा उनीहरूका घर आएर भिक्षा माग्न थाल्नुभयो। सुचन्द्रकी श्रीमतीले गरिब बुढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर घरभित्रै लगी पुराना झुत्रो लुगा फेरिदिइन्। अन्यत्र जान हतारिएका ब्राह्मणलाई बस्न अनुरोध गर्दै तातोतातो रोटी (योमरी) खान दिएपछि कुबेर प्रसन्न भई आफ्नो असली रूप देखाएर साक्षात् भगवान कुबेर अन्तरध्यान भएको विश्वासका साथ यो पर्व मनाउने प्रचलन बनेको हो”, स्थानीय साहित्यकार सूर्यप्रसाद लाकोजूले भने।

कुबेर उनीहरूको घर आएको दिन मङ्सिर शुक्ल पूर्णिमा थियो। कुबेरले धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी योमरीका साथ विधिपूर्वक पूजा गर्न अनुरोध गरेपछि सोही पूजाको प्रभावले दुई दम्पती सुखपूर्वक रहँदै आएका जनविश्वास रहेको उनको धनाइ छ।

सोही बेलादेखि नेवार समुदायमा घरघरमा योमरी पकाई खाने चलन थालनी भएको मानिन्छ। तिहारमा देउसीभैलो खेलेझैँ यस दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन चल्ने गरेको पाइन्छ। योमरी माग्ने क्रममा घरघरमा गएर यस्तो गीत गाउने प्रचलन छ।

‘ट्यो सिं ट्यो, बकसिं ट्यो
लटापाटा कुलिचाँ जुसिंट्या।
ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा
छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ।।
अर्थात्
‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ
माना–पाथी जेबाट जति दिए पनि देऊ।
दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो।
तिम्रो पनि जाडो, हाम्रो पनि जाडो
दिने भए छिटो देऊ’।।।

यही दिन पनौतीको धनेश्वर महादेवमा ठूलो मेला लाग्ने भएकाले मेला भर्न टाढाटाढाबाट भक्तजन आउने गर्दछन्। लिच्छविकालीन ग्रन्थमा उल्लेखित सुचन्द्र महाजनको कथा अंशुबर्मा पालाको बौद्धग्रन्थ ‘रत्नबदाने बुद्ध वचन’मा पनौतीमा सुचन्द्र महाजन दम्पतीको बसोबास भएको उल्लेख गरिएको पाइन्छ।

कथाका जानकार स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार योमरीको विषयमा पनौतीबाहेक कुनै ग्रन्थ तथा ऐतिहासिक दस्ताबेजमा पाइँदैन। पनौतीबाट सुरूवात भएको भन्नेबारे पुस्तौँदेखिका स्थानीय वृद्धाहरूले भन्दै आएकाले यमा सत्यता रहेको उनले बताए।

योमरीको प्रचलनबारे बुझ्न चाहने जोकोहीले कोङ्गालाई भेटेपछि विश्वस्त भएका उदाहरणहरू भेटिन्छन्। स्थानीय साहित्यकार लाकोजूले योमरीसँग जोडेर पनौतीको कथा प्रकाशित गरेका छन्। उनको कथामा योमरीको बारेमा पाञ्चाल देशसँग जोडेर यसको सुरूवात र प्रचलन विस्तारबारे विस्तृतमा उल्लेख गरेका छन्।

लाकोजूले पनौतीबाट जन्मेको योमरी पर्व हाल विस्तार भएर नेपालका कुनाकाप्चासम्म पुगिसकेको बताए। “यो पनौतीको महत्वपूर्ण पर्वमध्ये एक हो, चाडपर्वको क्षेत्रमा यो पर्वको विशिष्ट स्थान छ”, उनले भने।

‘यमरी’ नेपाल भाषाको शब्द हो। ‘य’ को अर्थ मन पर्ने र ‘मरी’को अर्थ रोटी हो। यसरी ‘यःमरी’ लाई अथ्र्याउँदा यसको शाब्दिक अर्थ ‘मनपर्ने रोटी’ अर्थात् योमरी भएको साहित्यकार लाकोजूले बताए।

प्रायः चाकु र तील हालेर बनाइने यो रोटी विशेष किसिमको माटोको भाँडा ‘पोटासी’मा बफाएर पकाउने गरिन्छ। पछिल्ला केही वर्षदेखि खुवा तथा अन्य मनपर्ने परिकार हालेर योमरी बनाउने प्रचलन बढ्दै गएको छ। लाकोजूका अनुसार दुईदेखि १२ वर्षसम्मका बालबालिकाको जोरवर्ष परेको जन्मदिनमा (दुई, चार, छ, आठ, १०, १२) बालकको वर्षअनुसारको यमरी राखी माला बनाएर जन्मदिनमा लगाइदिने प्रचलन छ । बाह्र वर्ष नाघेपछि भने योमरीको माला नलगाई जन्मदिन मनाउने चलन रहेको उनले बताए।

गर्भवतीलाई बच्चा जन्मनुभन्दा पहिले माइतीका तर्फबाट योमरीसहित विभिन्न परिकारको भोज खुवाउने चलन हालसम्म पनि रहेको लाकोजूले उल्लेख गरे। नेवार समुदायमा बुढाबुढीको जड्को (भीमरथारोहण) गर्दा पनि योमरी चाहिन्छ। उपत्यकाको रातो मच्छेन्द्रनाथ र सेतो मच्छेन्द्रनाथको रथ तान्नुअघि योमरी छर्ने प्रचलन रहेको भन्दै नेपाली संस्कृति र संस्कारमा यसको ठूलो महत्वपूर्ण स्थान रहेको उनले बताए।

यस दिनमा पनैतीको काठगणेशमा धुमधामसँग जात्रा लाग्ने गर्दछ। पूजाआजासहित खटमा राखिएका गणेशलाई नगर परिक्रमा गरिइँने यो जात्राको पनि विशेष महत्व छ। स्थानीयले बिहान योमरी पकाएर खानुअघि नगरभित्रका देवीदेवताको पूजा गर्न जाने चलन छ। बेलुका शुद्ध गरी छुट्याएर राखेको योमरीका साथ कुमार, गणेश, कुवेर र लक्ष्मीको चार दिनसम्म पूजा र भक्तिपूर्वक अर्चना गरी प्रसाद फिकिन्छ र प्रसादका रूपमा बाँड्ने प्रचलन छ।

डा चन्द्रा बज्राचार्यका अनुसार विशेष गरी नेवार समुदायले आफ्नै प्रकारको रोटी अर्थात् योमरी पकाई खाने गर्दछन्। त्यही विशेष रोटीको नाउँमा उक्त पूर्णिमाको नाम ‘योमरी पुन्हि’ रहन गएको उनले जानकारी दिए। उनका अनुसार यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, योमरी पुन्हि, धान्य पूर्णिमा, गैँडु पूर्णिमालगायत नामबाट प्रचलित छ। दसैँमा पहिले जमरा छरेर उखेली सकेपछि मात्र धान काट्ने काम सुरू गर्ने र योमरी पुन्हिसम्ममा धान भित्र्याई सक्नुपर्छ भत्रे धारणा रहँदै आएको उनले बताए। -राजकुमार पराजुली

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८१ मङ्सिर ३० गते आईतबार ०४:५५
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना