२०८३ साउन १३ गते बुधबार

उच्च रक्तचापमा औषधिको विकल्प बन्न सक्छन् यी उपाय

 |  डा ओममूर्ति अनिल
Sanket

डा ओममूर्ति अनिल

काठमाडौँ, जेठ ३
dr_om_murti

रक्तचापलाई कम गर्ने औषधि सबैभन्दा प्रभवकारी विधि भएपनि अरु उपायहरुबाट हुने फाइदालाई नजरअन्दाज गर्न मिल्दैन। औषधिबाहेक अन्य उपायहरुमा जोड दिएर औषधि खानै नपर्ने, सुरु गरिसकेपछि मात्रा घटाउने वा बन्दै गर्ने पनि संभावना हुन सक्छ। सामान्य रक्तचाप, उच्च रक्तचाप र औषधिको सेवन गर्ने सबैले यी पाँच उपायहरु अवलम्बन गरेमा फाइदा निश्चित हुन्छ।

१. दैनिक एक घण्टा हिड्नु
सामान्य व्यक्तिले पनि प्रतिदिन आधा घण्टा (३ किलोमिटर) हिड्नुपर्छ। रक्तचापलाई थप नियन्त्रणमा राख्न एक घण्टा हिड्नु जरुरी हुन्छ। दैनिक प्रशस्त गतिविधिले रक्तचापलाई ५–१० मिमि अफ मर्करीसम्म घटाउन मद्दत गर्छ। जुन १–२ चक्की औषधि सेवनको बराबर हुन्छ। रक्तचाप जति बढी छ, उति नै बढी हिड्नु फाइदाजनक मानिन्छ। हिड्दा अलि छिटो–छिटो, स्वाँ–स्वाँ हुने गरी र हल्का पसिना आउने गरी हिड्नु राम्रो मानिन्छ। विस्तारै हिडेमा पनि फाइदा अवश्य नै हुन्छ। तपाईले हिडेको प्रत्येक पाइलाले रक्तचापमा सकारात्मक असर गर्ने कुरालाई सम्झी आफ्नो फुर्सदको समयलाई हिड्नमा सदुपयोग गर्नुपर्छ। हिड्ने बेलामा शरीरमा उत्पन्न हुने हर्मोन/रसायन आदिले मुटु र रक्तनलीमा सकारात्मक असर गरेर रक्तचाप घटाउन मद्दत गर्छ।

२. स्वस्थ आहारको सेवन
खानामा फलफूल, सागसब्जी, सलाद आदिको प्रयोग बढी गर्नु र चिल्लो÷गुलियो र नुनिलो खानाको प्रयोग कम गर्नाले ५ देखि १० मिमि अफ मर्करीसम्म रक्तचाप घट्न सक्छ। मासुको प्रयोग कम र माछाको प्रयोग बढी गर्नु र रेसादार खानाको प्रयोग बढी गरेमा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ। खानामा नुनको प्रयोग कम गर्नु रक्तचाप घटाउने प्रभावकारी उपाय मानिन्छ। तर नुनकोा अत्यन्तै कम प्रयोग गर्नु वा खाँदै नखानु उल्टै हानिकारक हुन सक्छ। जीवनका लागि नुन (सोडियम) अत्यन्तै आवश्यक मानिन्छ। एउटा व्यक्तिमा रक्तचाप नियन्त्रण गर्नु पक्कै बुद्धिमानी होइन। नुनको कम प्रयोग हुनु अनिवार्य हो।

यसका लागि खानामा नुन कम प्रयोग गर्नु, नुन नथप्नु र रेडिमेड खानाहरुको प्रयोग नगर्नु आवश्यक हुन्छ। डब्बामा प्याक गरिएका अधिकांश खानामा नुनको मात्रा बढी हुन्छ। नुनको कम प्रयोगले रक्तचाप नियन्त्रणसँगै मुटुका अन्य समस्याबाट पनि बचाउँछ। कुनै–कुनै खाना नुनिलो नभईकन पनि सोडियम बढी भएको हुन्छ। त्यसैले घर बाहिरको खाना कम खानु र वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानामा नुन कम हाली खानु नै सर्वोत्तम उपाय हुन सक्छ।

३. मोटोपना घटाउने
मोटो व्यक्तिलाई उच्च रक्तचापको संभावना बढी हुन्छ। मोटो व्यक्तिको रक्तचापलाई नियन्त्रण गर्न पनि कठिन हुन्छ। व्यक्तिको तौल र रक्तचापको सिधा सम्बन्ध भएको रिसर्चले पुष्टि गरिसकेको छ। १० किलोग्राम तौल घटाएमा रक्तचाप पनि औसतमा १० मिमि अफ मर्करीले घट्छ, जुन २ वटा औषधिको प्रयोग बराबर हुन सक्छ। तपाईको तौल बढी छ भने चिकित्सकको सल्लाह अनुसार ६ देखि १२ महिनामा ५–१० किलोग्राम वा अहिलेको तौलको १० प्रतिशतले घटाउनु अत्यन्तै उपयोगी हुन सक्छ। २–४ किलोग्राम तौल घटाएपनि पनि रक्तचापको राम्रो नियन्त्रण हुन सक्छ। तौल घटाउन कम क्लालोरी भएको खाना खानु र शारीरिक गतिविधि बढी गर्नु जरुरी हुन्छ, जसले फेरि रक्तचाप घटाउन मद्दत गर्छ।

४. मदिरा र चुरोटको सेवनमा रोक
अत्यधिक मदिराको सेवनले रक्तचाप बढाउँछ र यसको नियन्त्रणमा प्रतिकुल असर पार्छ। रक्तचाप र मदिरा सेवनको सिधा सम्बन्ध देखिन्छ। जति बढी मदिरा (जुनसुकै प्रकारको) त्यति नै धेरै रक्तचाप। अर्को डरलाग्दो सम्बन्ध मदिराको सेवन उच्च रक्तचाप र मस्तिष्कघात (ब्रेन हेमोरेज) बीच देखिन्छ। नेपालमा उच्च रक्तचाप र मदिरा सेवन गर्नेहरुको संख्या बढी छ। रक्तचाप नियन्त्रणमा नभएका व्यक्तिले अत्यधिक मदिराको सेवन गरेमा मस्तिष्कमा रक्तस्रावको खतरा अत्यन्तै बढी हुन्छ। त्यसैले उच्च रक्तचाप भएकाले मदिरा सेवन नगर्नु उचित हुन्छ। नियन्त्रणमा भएकाको पनि कहिले काँही मात्र ५० एमएल ह्विस्की, १०० एमएल वाइन वा २०० एमएल बियरभन्दा बढी प्रयोग गर्न मिल्दैन।

अत्यधिक मदिरा सेवन गर्नेहरुले यसको प्रयोग बन्द गरेमा रक्तचाप घट्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ। चुरोटको सेवनले रक्तचाप बढाउँछ, प्रत्येक खिल्ली चुरोटले १ मिमि अफ मर्करी रक्तचाप बढाउँछ। चुरोटको सेवनले रक्तचापको औषधिको प्रभावलाई पनि निस्क्रिय पार्छ। सामान्य व्यक्तिले पनि एउटा मात्र भएपनि चुरोटको सेवन गर्न मिल्दैन। उच्च रक्तचाप भएका र औषधि सेवन गर्नेहरुले त झन् यथाशिघ्र पूर्ण रुपमा चुरोट त्याग्नु बुद्धिमानी हो। अन्यथा कुनै दिन त्यही चुरोट हृदयघातको कारण बन्न सक्छ। चुरोट/मदिराको सेवन बन्द गर्ने बित्तिकै रक्तचाप नियन्त्रण हुन थाल्छ र औषधिको प्रयोगबाट पनि बच्न सकिन्छ।

५. मानसिक तनावमा कमी
आज भोलि प्रायः युवाहरुमा (४० वर्ष मुनि) रक्तचाप अचानक बढ्ने गरेको देखिन्छ र यसको सबैभन्दा प्रमुख कारण नै मानसिक तनाव मानिएको छ। देशमा व्याप्त राजनीतिक र सामाजिक परिस्थितिले युवाहरुको स्वास्थ्यमा प्रतिकुल असर पारेको देखिन्छ। यस्ते अवस्थामा प्रत्येक व्यक्ति, परिवार, संस्थाका जिम्मेवार व्यक्तिहरुले तनावको वातावरणलाई न्यून गर्न प्रयासरत हुनुपर्छ। व्यक्तिले सर्वप्रथम आफैँबाट सुरुवात गर्नुपर्छ। स्वभाव र काम गर्ने शैलीमा परिवर्तन गर्न जरुरी छ। आफूलाई परिस्थिति अनुकूल बनाउनु जरुरी हुन्छ। रिसलाई कम गर्न सिक्नुपर्छ।

तनाव कम गर्न आफुलाई उपयुक्त हुने तरिका अपनाउन सकिन्छ। तनावको कारणले बढेको रक्तचापका लागि प्रायः औषधि खानु पर्दैन। कहिले काँही छोटो अवधिका लागि औषधि प्रयोग गरे पनि तनाव घटेपछि औषधि पनि बन्द गर्न मिल्छ। उच्च रक्तचाप त कुनै न कुनै दिन हामी सबैलाई हुन्छ नै, उमेरसँगै रक्तचाप बढ्नु एउटा स्वाभाविक प्रक्रिया हो। जीवनशैलीमा आवश्यक परिवर्तन ल्याएमा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ। औषधिर्का प्रयोग समयमै गरेर, माथि उल्लेखित उपायहरु अपनाएमा औषधिको मात्रा घटाउन सजिलो हुन्छ। पछि रक्तचापमा राम्रो सुधार देखिएमा चिकित्सकको सल्लाह अनुसार औषधि बन्द समेत गर्न मिल्छ।

(नेपाल हृदयरोग निवारण प्रतिष्ठानले प्रकाशित गरेको पुस्तकमुटु बाट)

प्रकाशित: २०८० जेठ ३ गते बुधबार ०८:१४
प्रतिक्रिया

थप समाचार

rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना