काठमाडौं–नेपाल चेम्बर अफ कमर्सको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट सञ्चालन हुने छैटौं चेम्बर एक्स्पोको तयारी पूरा भएको छ। ४ देखि ८ जेठसम्म चल्ने एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तुको प्रदर्शन गरिने आयोजक चेम्बर अफ कर्मसले जनाएको छ।
मेलामा व्यापाारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए। चेम्बर एक्स्पो बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।
एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीलगायत प्रदर्शनीमा राखिनेछ। मेलामा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीका स्टल रहनेछन्।


