काठमाडौं- टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) दोस्रो पटक राइड सम्पन्न गरेको छ।
गत वैशाख ३० गते शनिबार आयोजना भएको राइड नारायणघाट शोरूम (मालश्री मोटर्स नारायणघाट)बाट शुरु भएर जगतपुर, चितवन पुगेर समापन भएको थियो।
राइडमा सहभागीबीच विभिन्न गेम पनि खेलाइएको थियो। राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो।
करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो।


