२०८३ कार्तिक १८ गते मङ्गलबार

सर्लाहीमा मापदण्डविपरीत थप सात वटा क्रसर उद्योग बन्द

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ११
crosser-uddyog

लालबन्दी : जिल्ला प्रशासनले सर्लाहीमा आज पनि थप सात वटा क्रसर उद्योग पूर्ण रूपमा बन्द गराइएको छ।

जिल्ला अनुगमन उपसमितिका संयोजक तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्रकुमार महतोको नेतृत्वमा केही दिनयता आक्रामक रूपमा खटिएको टोलीले मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराउने अभियान नै चलाएको छ।

जसअनुसार टोलीले आज बरहथवा, बागमती र बसबरियाका सात वटा क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको हो।

टोलीले अभिनित वासिङ उद्योग र अभिनित ढुंगा क्रसर उद्योग बसबरिया–३, बरहथवा गिट्टी बालुवा प्रशोधन तथा सप्लायर्स बरहथवा–८, राहुल गिट्टी बालुवा वासिङ सेन्टर बरहथवा–८, गौतम गिट्टी बालुवा प्रशोधन उद्योग बरहथवा–१, हजरिया बालुवा गिट्टी प्रशोधन कम्पनी बरहथवा–१, सर्लाही बालुवा प्रशोधन एण्ड क्रसर उद्योग हजरिया र बालुवा वास प्लान्ट बागमती–१२ लाई बन्द गर्न पत्र थमाएको हो।

यी सात वटै क्रसर उद्योग ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी पहिलो संशोधन मापदण्ड–२०७९ विपरीत सञ्चालनमा रहेकाले तत्काल बन्द गर्न निर्देशन दिइएको अनुगमन टोलीका सदस्य एवं सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

जिल्ला अनुगमन उपसमितिले हिजो मात्रै फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर–५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर–५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर–८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ प्रालि हरिपुर–५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको थियो।

यसअघि गएको मंगलबार र शनिबार जिल्ला समन्वय समितिका प्रमुख र जिल्लाका सुरक्षा प्रमुखहरू सम्मिलित जिल्ला अनुगमन समितिले लालबन्दी–१७, रानीगञ्जको  क्रसर उद्योग, बागमती–७, को जय माँ दुर्गा र बागमती–४, को हरेकृष्ण क्रसर उद्योगलाई पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको थियो।

प्रकाशित: २०८१ पुस ११ गते बिहिबार ०७:३२
प्रतिक्रिया

थप समाचार

८० वर्षीय गोविन्दबहादुरको रहरलाग्दो सुपारीखेती …

उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय बिताउँछन्। डेढ बिघा क्षेत्रफलमा फैलिएको उनको सुपारी बगानको चिटिक्क परेको स्वरूपले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ। लहरै लाइन मिलाएर...

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोक्किँदा भारतीय पर्यटकको मृत्यु, एक घाइते

काठमाडौँ: सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी...

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौँका ३३ स्थान तोकिए

काठमाडौँः काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्रका ३३ स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा...

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना