काठमाडौँ– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ।
समारोहमा १४ हजार ३०७ विद्यार्थी दीक्षित भएका छन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता भएको छ। यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १४९ विद्यार्थीसहित ६२औँ ग्रेसलिस्टमा भएका विद्यार्थीसमेत दीक्षित भएका छन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिएको छ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागिता थियो।














