पोखरा- दोस्रो संस्करणको ड्रागनबोट रेस फेस्टिभल आजदेखि फेवातालमा सुरु भएको छ।
फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका २० टोली खेलाडी सहभागी भएका छन्। प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ।
रेस फेस्टिभल विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।
नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना सुरु गरिएको हो।





















तस्बिर : नेपाल फोटो लाइब्रेरी


