एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ।
उनले सन् १९७७ देखि १९८१ सम्म ४ वर्ष देशको राष्ट्रपतिको रुपमा काम गर्ने अवसर पनि पाएका थिए। सीबीएस न्यूज रिपोर्टका अनुसार, जिमी कार्टरको जर्जियामा उनको घरमा मृत्यु भएको थियो।
राष्ट्रपतिको हैसियतमा कामको धेरै प्रशंसा पाएका कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
जिमी कार्टरको जन्म प्लेन्स, जर्जियामा भएको थियो। जनताको सेवाप्रतिको सादगी र समर्पणको बलमा उनी राष्ट्रपति पदसम्म पुगेका थिए। उनी राष्ट्रपति हुनुअघि जर्जियाका गभर्नर पनि थिए।
कार्टर बाहिरी उम्मेद्वारका रूपमा १९७६ मा राष्ट्रपतिको दौडमा रहँदा भनेका थिए- यदि मैले तपाईलाई झुटो बोलें वा भ्रामक बयान दिएँ भने मलाई भोट नगर्नुहोस्।
त्यस समयमा कार्टरले पारदर्शी र सार्वजनिक चुनावी अभियान चलाएका थिए। उनले तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डलाई थोरै अन्तरले पराजित गरेका थिए।


