काठमाडौँ- वरिष्ठ गायक आनन्द कार्कीसँग सहकार्य गर्दै गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुश्मन हेरेको हेरेई’ सार्वजनिक गरेका छन्।
सोमबार सार्वजनिक गीत रिलिजको २४ घण्टामै नेपाली युट्युब ट्रेन्डिङको संगीततर्फ शीर्ष ५ मा परिसकेको छ।
फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्री प्रियंका कार्की, मोडल कविता नेपाली र तिब्बतीयन गायकको रूपमा चर्चामा आएका गायक तथा मोडल पेमा लामा अभिनयमा छन्।
पेमाले नेगेटिभ क्यारेक्टरमा गज्जबको अभिनय पस्केका छन् भने भिडियोमा थापा, अभिनेत्री कार्की र नेपालीको उपस्थिति केमिस्ट्रि सुहाउँदो छ।
गीतमा स्वर दुर्गेश, वरिष्ठ गायक कार्कीसँगै फिमेल भर्सनमा गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको छ। शब्द संगीत र एरेन्ज दुर्गेशको नै छ। मिक्सिङको काम बिमल छिनालले गरेका छन्।
भिडियोतर्फ निर्देशन दुर्गेश थापा र बिजु पार्कीको रहँदा संजय विश्वकर्माको नृत्य निर्देशन, रुपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन समावेश छ। भिडियोको कन्सेप्ट बिजु पार्कीको हो।


