काठमाडौं- डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबाट सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकमा रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने भएको छ। दुवै कम्पनीका प्रतिनिधिबीच छुट सम्झौतामा हस्ताक्षर भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो।
क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवामा भने यो व्यवस्था लागू हुनेछैन। यीबाहेकका अरु सबै सेवामा ग्राहकले छुट प्राप्त गर्न सक्ने आईएमई पेले जानकारी दिएको छ।
आगामी ६ महिनासम्मका लागि छुट प्रदान गरिने कम्पनीको भनाइ छ।


