काठमाडौं– मोबाइल सेवाप्रदायक कम्पनी एनसेलमा ग्राहकले अब आफ्नो आवश्यकताअनुसार सेवाको प्लान आफै बनाउन सक्ने सुविधा थप भएको छ। कम्पनीले एनसेल माई प्लान सञ्चालनमा ल्याएकोे छ। प्लानअन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवा आवश्यकताअनुसार आफ्नो प्लान अर्थात् बन्डल प्याक आफंै बनाएर सेवा लिन सक्छन्।
व्यापारिक ग्राहक लक्षित एनसेल फर बिजनेश सेवाअन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्। माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरी २ विकल्प रहेको कम्पनीले जनाएको छ।
ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्। कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्छन्। माई प्लान ५०० को करसहित ५०० रुपैयाँ पर्छ।
फ्लेक्सी प्लानअन्तर्गत ग्राहकले ५०० बढी मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरी ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीले बताएको छ।
प्लानमा पाइने सेवाबाहेक माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन्। यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिनेछ।
माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बन्डल प्याक बनाउन सक्नेछन्।


