काठमाडौँ- गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ को पहिलो गीत सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रम गरी ‘साँझ पर्यो झमक्क’ बोलको गीत सार्वजनिक गरिएको हो।
गतीमा प्रकाश स्वयं र शान्तिश्री परियारको स्वर छ।
गीतको शब्द र संगीत पनि प्रकाशकै हो भने भिडियोमा प्रकाश र स्वस्तिमा खड्का फिचर्ड छन्। प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्रीलाई पनि गीतमा देखाइएको छ।
गलबन्दी प्रोडक्सनबाट बनेको वसन्तको कथा र संगीत पनि प्रकाशकै हो। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्।
कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ। प्रोजेक्ट हेड दिल शिरीष हुन्।
फिल्म चैत २२ गते (चैते दसैं) मा रिलिज हुनेछ।
गीत सार्वजनिक कार्यक्रमका तस्बिरहरू






भिडियो


