एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले चाहेको भए डोनाल्ड ट्रम्पलाई हराउन सक्ने बताएका छन्।
नोभेम्बरको चुनावमा ट्रम्पलाई हराउन सक्ने तर आफ्नो पार्टीको एकताको खातिर आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनले शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
बिडेनलाई सोधिएको थियो- चुनाव नलड्ने आफ्नो निर्णयमा पछुतो लागेन ? यसमा उनी केही हदसम्म सहमत भए। तर, उनले चुनावका बीचमा उम्मेदवारी फिर्ता लिएकोमा आफूलाई कुनै पछुतो नभएको पनि बताए।
राष्ट्रपति बाइडेनले जनवरी १५ मा ओभल अफिसबाट बिदाइ सम्बोधन गर्नेछन्। राष्ट्रपति पद छाड्नुअघि उनको यो अन्तिम सम्बोधन हुनेछ। यो भाषण अमेरिकी समय अनुसार राति ८ बजे सुरु हुनेछ।
ट्रम्पलाई चुनाव जित्ने सजिलो मौका दिएको उनले बताए। भने, ‘ मलाई लाग्छ कि मैले ट्रम्पलाई हराउने थिएँ।’
बाइडेनले पार्टीलाई एकताबद्ध राख्न निकै जरुरी भएकाले राष्ट्रपति बन्नु आफ्नो लागि सबैभन्दा ठूलो सम्मान भएको तर पार्टीले चुनाव हारेपछि आफू त्यस्तो व्यक्ति बन्न नचाहेको बताएका थिए।


