काठमाडौँ – शुक्रबार दुई वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ शुक्रबार रिलिज भएका हुन्।
हरर कमेडी जनराको ‘फिरफिरे फिरिरी’ लाई नवीन भट्टले निर्देशन गरेका हुन्। फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, शंकर सेढाई, सूर्यमान लिम्बूलगायत कलाकारहरूको अभिनय छ। फिल्मको स्क्रिप्ट निर्देशक भट्ट र सन्दीप श्रेष्ठले मिलेर लेखेका हुन्। फिल्मको निर्माता मनोजकुमार अधिकारी हुन्।
त्यस्तै, फिल्म ‘एक्टर’ लाई मदन घिमिरेले निर्देशन गरेका हुन्।
यसमा प्रिन्स थापा, सरोज खनाल, कृष्ण मल्ल, शिवानी गिरी, कशिस दाहाल, शिव शाह, महेन्द्र मैनाली लगायतको अभिनय छ। फिल्मको कथा र संगीत सम्राट थापाको हो।


