एजेन्सी – बलिउड अभिनेता सैफ अली खानमाथि भएको आक्रमणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्तले चोरीको नियतले घरभित्र पसेको खुलेको छ।
सैफको घरमा काम गर्नका अनुसार आक्रमणकारीले १ करोड रुपैयाँ मागेको अनुसन्धानका क्रममा प्रहरीसमक्ष बताएका छन्।
प्रहरीसँग उक्त घटनाको सीसीटीभी फुटेज रहेकव छ। जसमा संदिग्ध व्यक्ति भवनबाट भागेको देख्न सकिन्छ। यस मामिलामा मुम्बई प्रहरीले एक अज्ञात संदिग्धलाई सोधपुछका लागि हिरासतमा लिएको छ।
