२०८३ कार्तिक १३ गते बिहिबार

के सन्दीपले क्रिकेटबाट संन्यास लिएका हुन् ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ६
sandip

काठमाडौँ – शनिबार राति भावुक स्टाटस लेखेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिएका हुन् त ? अहिले खेलप्रेमीमाझ अझ क्रिकेट मन पराउनेहरूले यसलाई बहसको विषय बनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफ्ना समर्थक र शुभचिन्तकलाई धन्यवाद व्यक्त गर्दै आफ्नो भावनात्मक निर्णय सार्वजनिक गरेका हुन्। यस्तो खालको अभिव्यक्ति सामान्यतया खेलजीवनबाट संन्यासका बेला गर्ने गरिन्छ। लामिछानेले फेसबुकमा अंग्रेजी भाषामा ‘सबैलाई धन्यवाद’ लेखेका छन्।

उक्त पोस्टले उनका प्रशंसकहरूलाई द्विविधामा पारेको छ। धेरैजसोले उनको खेल करिअर अन्त्य गरेको बुझेका छन् भने कतिपयले पोस्टलाई अन्यथा लिएको देखिन्छ। पोस्टमा ‘ह्यापी रिटायरमेन्ट’ भन्ने शुभकामना दिनेहरू पनि छन्। केहीले यसलाई ‘नशाका ताल’मा लेखिएको भन्दै बेवास्ता गरेका छन्।

केही फ्यानहरूले लामिछानेको उक्त स्टाटसलाई पछिल्ला समय निराशाजनक प्रदर्शनको अभिव्यक्ति मानेका छन्।

हालै सम्पन्न नेपाल प्रिमियर लिगमा लामिछानेको प्रदर्शन अपेक्षाकृत कमजोर रहेको थियो। जय ट्रफीमा पनि खासै राम्रो प्रदर्शन गर्न नसक्दा उनले खेल जीवन समाप्त गर्ने सोच बनाएको धेरैले अड्कल काटेका छन्।

लामिछानेको यो कदमले नेपाली क्रिकेटमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। उनको निर्णयले समर्थकहरूमा गहिरो छाप छोडेको छ भने उनका फ्यानहरूले भविष्यमा उनले जुनसुकै क्षेत्रमा अघि बढेपनि सफलताको कामना गरेका छन्।

 

प्रकाशित: २०८१ माघ ६ गते आईतबार ०९:०४
प्रतिक्रिया

थप समाचार

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सेयर धितो कर्जाको भरमा बढ्दै सेयर बजार, कारोबार ७ अर्ब नाघ्यो

मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३४८ स्टकको ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९३ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना