एजेन्सी – इजरायल र हमासबीचको युद्धविराम नहुने छाँटकाट देखिएको छ।
आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई बन्धकहरूको सूची दिन आग्रह गरेका थिए। तर सूची नपाएपछि नेतान्याहुले कडा मनोवृत्ति देखाएका छन्। युद्धविराममा ढिलाइ भएपछि इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको थियो। जहाँ इजरायली आक्रमणमा ८ जनाको मृत्यु भएको छ।
दक्षिणी गाजा सहर खान युनिसको नासेर अस्पतालले आक्रमणको पुष्टि गरेको हो। हमासले युद्धविराम लागू भएको करिब दुई घण्टापछि आक्रमण भएको बताएको छ।
इजरायलले आइतबार पछि रिहा गरिने बन्धकहरूको नाम सार्वजनिक नगरेर हमासले युद्धविराम सुरु गर्न ढिलाइ गरेको बताएको छ। हमासले युद्धविराम सुरु भएको करिब दुई घण्टापछि नाम सार्वजनिक गरेको हो।


