काठमाडौं – महानगरपालिकाले धोबीखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।
आइतबार महानगरसँग समन्वय गरी उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोरका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको हो।
महानगरले ओम अस्पतालको कम्पाउण्डसमेत भत्काएको छ।
वडा नम्बर ७ का वडाध्यक्ष विमल होडाले पत्रकार सम्मेलन गर्दै करिडोरका अतिक्रमित सरकारी जग्गामा बनाइएका संरचना हटाइने बताएका थिए। वडा नम्बर ७ मा झन्डै १४ रोपनी जग्गा अतिक्रमण भएको छ,’ उनले भने।
धोबीखोला र बागमती नदी किनारमा करिब पाँच सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको प्राधिकरणको दाबी छ।









