एजेन्सी – डोनाल्ड ट्रम्पले सोमबार (जनवरी २०) अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन्।
सपथ ग्रहणपछि ट्रम्पले अमेरिकाको स्वर्ण युग सुरु भएको बताए। सपथ लिएको केही समयपछि राष्ट्रपति ट्रम्पले धेरै आदेशमा हस्ताक्षर गरे, जुन कठोर र उनीबाट अपेक्षा गरिएकै थियो।
सपथ ग्रहण समारोहपछि ट्रम्प ओभल अफिस पुगेका थिए।
उनले बाइडेन सरकारका ७८ वटा निर्णय खारेज गरे। ट्रम्पले भने, ‘सबैभन्दा पहिले म बाइडेन प्रशासनमा लागू भएका ती ८० निर्णयहरू खारेज गर्छु, जुन अमेरिकाको विकासमा बाधक बनिरहेका छन्।’
ट्रम्पले कुन फाइलमा हस्ताक्षर गरे ?
१. राष्ट्रपति ट्रम्पले क्यापिटल हिलमा जनवरी ६ जनवरी २०२१ मा भएको आक्रमणमा दोषी ठहरिएका १५०० मानिसहरूलाई माफी दिएका छन्।
२. विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया सुरु गर्न ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
३.लागुऔषध तस्करलाई आतंकवादी घोषणा
४. मेक्सिकोको सिमानामा पर्खाल बनाइने। मेक्सिको र क्यानडामा २५ प्रतिशत ट्यारिफ लगाइनेछ। यो नियम अर्को महिना फेब्रुअरीदेखि लागू हुने अपेक्षा गरिएको छ।
५. अमेरिका पेरिस जलवायु सम्झौताबाट बाहिरिनेछ।
६. डोनाल्ड ट्रम्पले तेस्रो लिङ्गीलाई खारेज गरेका छन्। अमेरिकामा अब दुई लिङ्ग मात्रै रहनेछन्।
७. विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने योजना खारेज।
८. अमेरिका-मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गरिएको छ, त्यहाँ सशस्त्र बल पठाइनेछ।
९. अमेरिकामा जन्मको आधारमा नागरिकता समाप्त। (हाल, अमेरिकामा जन्मेका मानिसहरूले आफ्ना आमाबाबु अमेरिकी नभए पनि अमेरिकी नागरिकता पाउँछन्।)
जलवायु परिवर्तनको असरबाट बच्न विश्वका देशहरूले विश्वको तापक्रमलाई पूर्वऔद्योगिक स्तरभन्दा १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्न यस्तो सम्झौता गरेका थिए। जसलाई ट्रम्पले धोखाधडी भनेका छन्। राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले छिट्टै निर्णय लिने भएका हुन्।
ट्रम्पका सहयोगीहरूले अमेरिकाको अध्यागमन नीति परिवर्तन गर्ने र जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उद्देश्यले सपथ ग्रहण गरेलगत्तै धेरै आदेश जारी गर्न लागेको बताएका थिए।
अमेरिकाले शरणार्थीहरूलाई मेक्सिकोमा पर्खन बाध्य पार्ने नीति पुनः लागू गरिनेछ। बाइडेनले निलम्बन गरेको मृत्युदण्डलाई पनि पुनर्स्थापित गर्नेछन्।


