आङ्करा- टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ। बोलुस्थित १२ तल्ले ग्रान्ड कार्टल होटलमा स्थानीय समय अनुसार ३:२७ मा आगाली सुरु भएको थियो।
आगलागीको समयमा होटलमा २३४ जना रहेका थिए। आगलागी सुरु भएपछि केही व्यक्तिहरू झ्यालबाट हामफालेर भागेका थिए।
सुरुमा १० जनाको मात्र मृत्यु भएको उल्लेख गरेपनि हालसम्म ७६ जनाको मृत्यु भएको टर्कीको गृह मन्त्रालयले बताएको छ।
आगलागी नियन्त्रणमा लिन १२ घण्टा लागेको थियो। आगलागीको अनुसन्धानका लागि ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा होटलका सञ्चालकसमेत रहेको त्यहाँको न्याय मन्त्रालयले जानकारी दिएको छ।


