काठमाडौँ- सञ्चारकर्मी तथा कलाकार चिरञ्जिवी सापकोटाको ‘चाहे दूरी टाढा होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
जीबीकै युट्युब च्यानल ‘जिबी चिरन’बाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीतको भिडियोमा सापकोटासँग आयुषा पन्त देखिएकी छन्।
विशाल निरौला र रोजिना बस्नेतको आवाज रहेको गीतको शब्द/संगीत विशाल निरौलाकै हो। भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन्।
टेकेन्द्र शाहको भिडियो इडिटिङ र कलरिङ रहेको गीत अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो।
सापकोटाले यसअघि चर्चित गीत ‘रेलको बाटो’, ‘हेर यो मुटुमा चिरा पर्या छ’, ‘बहिनी’, ‘आमा’लगायतका दर्जनौँ गीतमा अभिनय गरिसकेका छन्।
भिडियो


