एजेन्सी – गत वर्ष बेलायतको साउथपोर्टमा तीन बालिकालाई छुरा प्रहार गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई उक्त मुद्दामा जन्मकैदको सजाय सुनाइएको छ।
साउथपोर्टमा टेलर स्विफ्ट विषयगत नृत्य कक्षामा केटीहरू उपस्थित हुँदा ती व्यक्तिले हत्या गरेका थिए।
समाचार एजेन्सी एएनआईले अल जजीराको रिपोर्टलाई उद्धृत गर्दै भनेको छ- १८ वर्षीय एक्सेल रुदाकुबानालाई बिहीबार सजाय सुनाइएको छ।
रुदाकुबानाले गत वर्ष जुलाईमा उत्तरपश्चिम इंग्ल्याण्डको साउथपोर्टमा स्विफ्ट थिममा आधारित नृत्य कक्षामा तीन स्कूली छात्राको हत्या गरेको अपराध स्वीकार गरेका छन्। सजाय सुनाउने क्रममा अदालतले पहिले रुदाकुबानालाई न्यूनतम ५२ वर्ष कैद सजाय भोग्नुपर्ने बताएको छ।
गत जुलाईमा साउथपोर्टमा एक डान्स क्लासमा रुदाकुबानाले ६ वर्षीय, ७ वर्षीय र ९ वर्षीय बालिकाको हत्या गरेका थिए। हत्याका अतिरिक्त, रुदाकुबानाले अन्य आठ बालबालिका र दुई वयस्कलाई घाइतेसमेत बनाएका समाचारमा जनाइएको छ।
रुदाकुबानाको कार्यको कुनै राजनीतिक वा धार्मिक उद्देश्य नभएको तर हिंसा र नरसंहारमा ग्रसित रहेको अभियोजकहरूबाट खुलेको छ।


