२०८३ कार्तिक १३ गते बिहिबार

अमेरिकामा ६४ जना यात्रु बोकेको विमान हेलिकप्टरसँग ठोक्कियो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
us-plane-crash

एजेन्सी – अमेरिकाको राजधानी वासिङ्टन डिसीमा एक यात्रुवाहक विमान र हेलिकप्टर आपसमा ठोक्किएका छन्।

दुर्घटनापछि दुवैजना पोटोम्याक नदीमा खसेका थिए। विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार थिए। वासिङ्टन फायर डिपार्टमेन्टका अनुसार स्थानीय समय अनुसार बुधबार राति रोनाल्ड रेगन एयरपोर्ट नजिकै उक्त घटना भएको हो।

अमेरिकी एयरलाइन्सको सीआरजे ७०० बम्बार्डियर जेट र अमेरिकी सेनाको सिकोरस्की एच ६० हेलिकप्टरबीच दुर्घटना भएको हो। सेनाका अधिकारीका अनुसार हेलिकप्टरमा तीन जना पनि सवार थिए।

एयरलाइन्स कम्पनीले राति ९ बजेपछि दुर्घटना भएको पुष्टि गरेको छ। यो जेट कन्सास राज्यबाट राजधानी वासिङ्टन आउँदै थियो। अधिकारीहरूले भने कि रीगन राष्ट्रिय एयरपोर्टमा राति करिब ९ बजे विमान दुर्घटनाको समाचाहरू आएका थिए।

अहिले विमानस्थलमा सबै उडान र अवतरण रोकिएका छन्। दुवै विमानको भग्नावशेष पोटोमाक नदीमा छ।

वाशिंगटन पोस्टका अनुसार धेरै शवहरू पानीबाट बाहिर निकालिएका छन्। सोही सयमा एनबीसीले गरेको रिपोर्टअनुसार पोटोम्याक नदीबाट चार जनालाई जीवितै बाहिर निकालिएको छ।

अमेरिकी ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले राष्ट्रपति ट्रम्पलाई दुर्घटनाबारे जानकारी गराइएको बताइन्। ट्रम्पले मानिसहरूलाई शान्त रहन र उद्धारका लागि अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उपराष्ट्रपति जेडी भान्सले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रकाशित: २०८१ माघ १७ गते बिहिबार १०:५१
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना