रामपुर– पाल्पाको रामपुरमा महिन्द्रा कम्पनीको गाडीको शोरूम सञ्चालनमा आएको छ। नेपालमै ३२औँ शोरूमको रुपमा रामपुरमा शुभारम्भ भएको हो।
रामपुर अटो भिलेजका सञ्चालक गणेशप्रसाद रेग्मी र कुलमणी रेग्मीले शहरीकरणतर्फ उन्मुख हुँदै गरेको रामपुर नगरपालिकामा महिन्द्रा कम्पनीको शोरूम सञ्चालनमा ल्याएका हुन्। बुधबार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विधिवत् रुपमा शोरूमको उद्घाटन गरे।
कार्यक्रममा नगर प्रमुख थापाले अहिलेको अवस्थामा महिन्द्रा कम्पनीको गाडीको माग बढ्दो रहेको हुँदा पाल्पाको रामपुरमा शोरूम खुल्नु नै यस क्षेत्रको लागि खुशीको कुरा रहेको बताए।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुर (नवलपरासी पूर्व) को केन्द्रका रुपमा रहेको रामपुरमा महिन्द्रा कम्पनीको शोरूम खुलेपछि सवारी साधन खरिद गर्न सहज हुने बताउँदै नगर प्रमुख थापाले ग्रामीण क्षेत्रमा यस कम्पनीबाट बनेका सवारी साधनको प्रयोग बढ्दै गएको बताए।
अग्नि इन कर्पोरेट प्राइभेट लिमिटेड कम्पनीका लागि डेपुटी डाइरेक्टर वरदान बस्नेतले भरपर्दो र विश्वासिलो आरामदायी यात्राका लागि अहिले महिन्द्रा कम्पनीको गाडी गाउँ गाउँमा पुगेको बताए।
उनले रामपुरको बजार अवस्थालाई मध्यनजर गर्दै ३२ औँ शाखा बिस्तार गरेको जानकारी दिएका छन्। रामपुर ५ बेझाड बजार बाङ्गेपसल जाने रोडमा शोरूम शुभारम्भ गरिएको हो।
कार्यक्रमको सञ्चालन रामपुर अटो भिलेजका सञ्चालक चिरन्जीवी सिग्देलले गरेका थिए। बिगत पाँच वर्षअघि देखि रामपुरमा महिन्द्रा कम्पनीमार्फत रामपुर अटो भिलेजले सर्भिस, स्प्रेयर, पार्टस लगायतका विभिन्न सेवाहरु दिइरहेको छ। कार्यक्रम रामपुर अटो भिलेजका सञ्चालक कुलमणी रेग्मीको अध्यक्षतामा भएको थियो।
