२०८३ कार्तिक १२ गते बुधबार

सैन्य सहयोग बढाउन भारत-अमेरिका सहमत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ६
modi_biden

वासिङ्टन- भारत र अमेरिकाले पारस्परिक सैन्य सहयोगलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ सघन बनाउनुपर्नेमा जोड दिएका छन्। गत बुधबार वासिङ्टनमा दुवै देशका रक्षा सचिवबीच भएको बैठकमा प्रतिरक्षा एवम् औद्योगिक सहयोगलाई अझ सघन बनाउने सहमति भएको हो।

भारतका रक्षासचिव गिरिधर अर्माने र उनका अमेरिकी समकक्षी कोलिन काहल नेतृत्वको द्विपक्षीय बैठकमा भारत–अमेरिका रक्षा साझेदारीको प्रगति समीक्षाका साथै त्यसलाई अझ घनीभूत तुल्याउनेबारेमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ। सचिवद्वयले भारत–अमेरिका रक्षा नीति समूहको १७औँ बैठकको सहअध्यक्षता पनि गरेका थिए।

रक्षा मन्त्रालयका अनुसार बैठकमा भारत–अमेरिका सैन्य सहायता, द्विपक्षीय प्रतिरक्षा सम्झौताको कार्यान्वयन, हिन्द महासागर क्षेत्रमा जारी सैन्य अभ्यास, साझेदारीका भावी परियोजनाका महत्वपूर्ण पक्षमा छलफल भएको थियो। प्रविधि साझेदारी, दीर्घकालीन अनुसन्धान र विकास, आपूर्ति शृङ्खला, सुरक्षा सुधारलगायत प्रतिरक्षा तथा औद्योगिक सहयोग अभिवृद्धिमा छलफल केन्द्रित थियो।

प्रतिरक्षासँग सम्बन्धित भारतीय र अमेरिकी प्रतिष्ठानहरूले मिलेर काम गर्न सक्ने सम्भावित क्षेत्र र परियोजनासहित भारतमा सह–विकास एवम् सह–उत्पादनलाई प्रवद्र्धन गर्ने बारेमा पनि छलफल भएको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निजी र सरकारी क्षेत्रबीचको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै नवप्रवर्तनका परियोजनामा मिलेर काम गर्न दुवै पक्षले सहमति जनाएका छन्।

अमेरिकी र भारतीय रक्षा मन्त्रालयबीचको सरकारी संयन्त्र रक्षा नीति समूहले प्रतिरक्षा नीतिमा विशेष ध्यान दिँदै द्विपक्षीय रक्षा सहयोगसम्बन्धी सबै पक्षको व्यापक समीक्षा गर्दै आएको छ । समूहका सुझाव र मार्गदर्शनलाई दुवै पक्षले पालना गर्दै आएका छन्।

यसैबीच, अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपप्रवक्ता वेदान्त पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी अमेरिका भ्रमणललाई लिएर नयाँदिल्ली र वासिङ्टनबीच झाङ्गिदै गएको सम्बन्धको चर्चा गरेका छन्। आगामी असार ७ गतेदेखि प्रधानमन्त्री मोदी अमेरिकाको राजकीय भ्रमणमा जाँदै छन्। भारतसँगको अमेरिकाको साझेदारी र सम्बन्ध प्रभावकारी रहेको बताउँदै प्रवक्ता पटेलले मोदीको भ्रमणबाट अमेरिका– भारत सुरक्षा सम्बन्ध अझ सुदृढ हुने बताए।

प्रकाशित: २०८० जेठ ६ गते शनिवार ०६:३०
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना