काठमाडौं– सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण राना मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका प्रबन्धक–सेल्स एन्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा क्युआरमार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस सुविधाले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ।


