काठमाडौं– हिमालयन बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं बाल अस्पताल निर्माण गर्न २० लाख आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बूढानीलकण्ठमा अवस्थित इन्स्टिच्युटलाई बाल अस्पताल निर्माणका लागि उक्त रकम प्रदान गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले संस्थाका अध्यक्ष प्राडा. भगवान कोइरालालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए।


