काठमाडौँ- सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ।
बुधबार काठमाडौँको माइतीघरमा नेविसंघले प्रदर्शन गरेको हो।
आफ्नै मातृपार्टी कांग्रेस सहभागी सरकारले ल्याएको विधेयकविरुद्ध नेविसंघ सडकमा ओर्लिएको हो। सरकारमा सबैभन्दा धेरै मन्त्रालय कांग्रेसले सम्हालिरहेको छ।
आफूविरुद्धका अभिव्यक्ति दमन गर्न सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको नेविसंघको आरोप छ।








