काठमाडौँ- संगीतिक बजारमा नयाँ गीत ‘के यो माया हो’ सार्वजनिक भएको छ। पूर्ण पौडेलको स्वरमा रहेको गीतलाई कुमार थापाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतको अडियो सुजन म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोको निर्देशन सुजन राना मगरले गरेका छन् भने प्रिन्स रुपेन्द्र, सारिका केसी र शशि पाण्डेले अभिनय गरेका छन्। भिडियोको सिनेमाटोग्राफी अजय रेग्मीले सम्हालेका छन्, सम्पादन नवीन घर्ती मगरको छ।
मेकअप आर्टिस्ट सपना लम्सालले कलाकारहरूको लुक्स तयार पारेकी छन्। भिडियोको पोस्ट–प्रोडक्सन सुजन म्युजिकले गरेको हो।
गीतको भिडियो शशि पाण्डे अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। गीतले प्रेमभावको भावनात्मक कथा बोकेको छ।


