काठमाडौँ- पत्रकार राज बस्नेतको स्वरमा ‘हिँडेको बाटो’ बोलको गीत सार्वजनिक भएको छ।
बस्नेतको युट्युबमार्फत आएको गीतलाई पवित्र राईले कम्पोज/लेखन गरेकी हुन्।
प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर गायक बस्नेतले ल्याएको गीत पत्नी निर्जुमा समर्पण गरेका छन्। ‘हिँडेको बाटो’बाट बस्नेतले गायनमा डेब्यू गरेका हुन्।
एक दशकभन्दा बढी पत्रकारिता गरेका बस्नेत हाल श्रीमतीसँगै अस्ट्रेलियामा छन्।
पछिल्लो समय नेपाल क्लिक्समा आबद्ध बस्नेतले यसअघि नयाँ पत्रिका, काठमाडौँप्रेस, नेपाल समयलगायत आधा दर्जन सञ्चारमाध्यममा रहेर पत्रकारिता गरेका थिए।
