काठमाडौं–मुक्तिनाथ विकास बैंकले पोखराको न्यूरोडस्थित कास्की मोडल हस्पिटलसँग सम्झौता गरेको छ।
सम्झौतापछि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले मोडल हस्पिटलका विभिन्न सेवा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने सुविधा दिएको छ।
