काठमाडौँ- महाशिवरात्रि नजिकिएसँगै विभिन्न ठाउँबाट नागाबाबा पशुपतिनाथमा प्रवेश गरेका छन्। काठमाडौँ आइपुगेका नागाबाबा अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिर प्रवेश गरेका हुन्।
जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। महाशिवरात्रिको अवसरमा काठमाडौँस्थित विश्व सम्पदा सूचीमा समावेश भएको पशुपति मन्दिरमा चारै सम्प्रदायका बाबा आउने गर्छन्।
महाशिवरात्रि पर्व नजिकिएसँगै पशुपतिनाथ मन्दिर परिसरका आवतजावत गर्ने भक्त जनहरुको संख्या वृद्धि भएको छ। पशुपति क्षेत्र विकाश कोषले महाशिवरात्रिमा लागि व्यावस्थापनलाई तिव्रता दिएको छ।










