काठमाडौँ – महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि तीन वटा फिल्म एकैसाथ प्रदर्शनमा आउँदैछन्। फिल्महरूको अग्रिम टिकट बुकिङ खुला पनि गरिएको छ।
यस्तोमा कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्’लाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभर ६६ शो दिएको छ । क्युएफएक्सले यो फिल्मलाई काठमाडौँ भित्र मात्रै २८ शो दिएको जनाएको छ ।
त्यस्तै, निरोज महर्जन निर्देशित ‘फेरि रेशम फिलिली’लाई क्युएफएक्सले देशभरका हलमा ५१ शो दिएको छ । काठमाडौँ मात्र २४ शो पाएको छ ।
क्युएफएक्सले सबैभन्दा कम शो दीवाकर भट्टराई निर्देशित ‘मायावी’लाई दिएको छ । क्युएफएक्सले ‘मायावी’लाई देशभर ४२ शो दिएको छ । फिल्मले क्युएफएक्सअन्तर्गत काठमाडौँमा २० शो पाएको छ ।
त्यस्तै, बिग मुभिजले ‘लाज शरणम’ र ‘फेरि रेशम फिलीली’ लाई ५/५ शो दिएको छ, भने ‘मायावी’ ले ३ शो पाएको छ ।


