काठमाडौँ- सरकारी कामकाज तथा हस्तकलाका सामग्री बनाउन प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन्।
हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको १८ वर्षदेखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए।
‘अर्डरअनुसार कागज बनाउने हो, कहिलेकाहीँ कच्चा पदार्थको अभाव हुन्छ, त्यसकारण मागअनुसार आपूर्ति गर्न सकिएको छैन’, उनले भने। कागज बनाउन पूर्वी नेपालबाट लोक्ता, र पश्चिम नेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्दछ।
तस्बिरहरू












