२०८३ कार्तिक १३ गते बिहिबार

सलमानको फिल्म ‘सिकन्दर’को टिजर सार्वजनिक गर्न किन रोजियो ३:३३ को समय?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १५
sikandar

काठमाडौँ- सलमान खानको फिल्म ‘सिकन्दर’ फिल्मको दोस्रो टिजर सार्वजनिक भएको छ। सन् २०२५ को ईदको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र सार्वजनिक गर्ने मिति भने खुलाइएको छैन। फिल्मको बिहीवार आएको टिजरमा सलमान खानको एक्सनसँगै रश्मिका मण्डानाको झलक पनि देखाइएको छ।

‘सिकन्दर’को टिजर एक्सन सिनबाट सुरु भएको छ। टिजरमा सलमानले भनेका छन्, ‘इंसाफ नहीं साफ करने आया हूं (म न्याय दिलाउन होइन, सफाइ गर्न आएको हुँ) काइदामा रहनुहोस्, फाइदामा रहनुहोस्। नत्र मशानघाट जानु पर्ला!’ टिजरमा मुख्य अभिनेत्री रश्मिका मन्डानाको दुई-तीन दृश्यहरू पनि देखाइएको छ।

टिजरमा सलमान र रश्मिकाको नृत्य थपिएको छ। यो फिल्ममा सत्यराजले खलनायकको भूमिका निर्वाह गर्ने भएका छन्। ‘आफूलाई खुब ठूलो ‘सिकन्दर’ ठान्छस्,’ सलमानप्रति सत्यराजको डाइलग छ।

टिजर सेयर गर्दै सलमान खानले लेखेका छन्- ‘जसले दिलमा राज गर्छ ऊ आज ‘सिकन्दर’ कहलाउँछ।’

‘सिकंदर’लाई साजिद नाडियाडवालाले निर्माण गरेका हुन्। एआर मुर्गाडोसले निर्देशन गरेका छन्। फिल्ममा काजल अग्रवाल, शर्मन जोशी र अञ्जिनी धवन पनि देखिनेछन्।

सिकन्दरको पहिलो टिजर २७ डिसेम्बरमा सलमान खानको ५९औँ जन्मदिनको विशेष अवसरमा रिलिज हुने भएको थियो। तर, एक दिनअघि २६ सेप्टेम्बरमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनको खबर आउनेबित्तिकै निर्माताहरूले यसलाई स्थगन गरेका थिए। पछि २८ डिसेम्बरमा यो फिल्मको पहिलो टिजर सार्वजनिक भएको थियो।

सलमान र निर्देशक एआरको पहिलो पटक सहकार्य भएको हो। टिजर नाडियाडवाला ग्रान्डसन युट्युब च्यालनमा सार्वजनिक गरिएको हो। फिल्मको स्ट्रिमिङ पार्टनर नेटफ्लिक्स रहेको छ।

भारतीय समयअनुसार बिहीवार दिउँसो ३:३३ बजे दोस्रो टिजर सार्वजनिक गरिएको हो। यो समय नै चाहिँ किन रोजियो त? निर्माण पक्षले यो विषयमा कुनै पनि विषय खुलाएको छैन।

तर फ्यानहरूले विभिन्न अडकलबाजी लगाएका छन्। एक फ्यानका अनुसार यो समयसँग निर्देशक एआरको स्पेसल कनेक्सन छ। ती फ्यानका अनुसार निर्देशक एआरको शुभ अंक ९ हो। त्यसर्थ टिजर सार्वजनिक गर्ने समयको योगफल पनि ९ आउने गरी निर्धारण गरिएको हो। यी तीन अंकको योगफल (३+३+३=९) ९ हुने ती फ्यानको तर्क छ।

यसअघि डिसेम्बर २६ मा फिल्मको पहिलो टिजर ११:७ बजे सार्वजनिक गरिएको थियो। यसको योगफल (१+१+७) पनि ९ हुने फ्यानको तर्क छ।

प्रकाशित: २०८१ फाल्गुण १५ गते बिहिबार ०५:४०
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना