काठमाडौँ- महाशिवरात्रिका अवसरमा आएका साधुसन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गरेको छ।
भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई दक्षिणासहित बिदाइ गरेको हो।
बिदाइका क्रममा कोषले साधुसन्तलाई रुद्राक्षको माला पनि लगाइदिएको थियो। कोषले साधुसन्तहरूलाई श्रेणीमा छुट्याएको विभिन्न रंगको कार्ड दिएको थियो।
महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ। कोषले साधु सन्तहरूलाई शुक्रबार दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो।
यस वर्षको महाशिवरात्रि बुधवार परेको थियो।














