काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले काठमाडौँमा प्रदर्शन गरेका छन्।
दरबारमार्गमा गरिएको प्रदर्शनमा उनीहरूले नारायणहिटीमा ‘श्रीमान् गम्भीर नेपाली…’ गाएका थिए।
नारायणहिटी सङ्ग्रहालयमा राखिएको श्रीपेच लगेर राजालाई लगाउने उनीहरुको चेतावनी छ।
शनिबार शाही युवा शक्तिको ब्यानरमा र्यालीसहितको विरोध प्रदर्शन भएको हो।
उनीहरू सामाखुशीमा जम्मा भएर दरबारमार्ग आएका थिए।














तस्बिर : नेपाल फोटो लाइब्रेरी


