काठमाडौं- पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुर महानगरपालिकाले ई-बग्गी परीक्षण गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिरलगायत सम्पदा क्षेत्रहरू घुमाउनका लागि महानगरले अहिले ई-बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए।
एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई-बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए।
अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई-बग्गी परीक्षण भइरहेको छ।
महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई-बग्गीको अवधारणा बनाएको हो।









