ललितपुर- ललितपुरको टीकाथलीस्थित गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँमा ग्यास निस्केर लागेको आगो नियन्त्रणमा आएको छ।
बिहान करिब ८:३० बाट सुरू भएको आगो नियन्त्रणमा लिइएको स्थानीयले जानकारी दिएका छन्।
आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ। पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएर आगो लागेको स्थानीयले बताए।
करिब ९ सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो।








तस्बिर : नेपाल फोटो लाइब्रेरी
