एजेन्सी – कन्नड फिल्म उद्योगकी चर्चित अभिनेत्री रान्या रावलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो समय उनको बढ्दो अन्तर्राष्ट्रिय भ्रमणलाई प्रहरीले निगरानी गरिरहेको थियो । सुन तस्करीको आरोपमा अभिनेत्री रान्या राव बेंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन्।
उनले आफूलाई डीपीजीकी छोरी भन्दै स्थानीय प्रहरीलाई फोन गरेर घर छोड्ने गर्दै आएकी थिइन् ।
उनी ३ मार्चको राति दुबईबाट इमिरेट्सको फ्लाइटबाट बेंगलुरु पुगेकी थिइन्, त्यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
डीआरआई अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार रान्या रावले आफ्नो शरीरमा धेरै सुन लगाएकी थिइन् । साथै अभिनेत्रीले आफ्नो लुगामा केही सुन लुकाएकी थिइन् ।
एक समाचार अनुसार रान्याले आफूलाई आईपीएस रामचन्द्र रावकी छोरी बताएकी छिन्, जो हाल कर्नाटक पुलिसको हाउजिङ कर्पोरेसनको डीजीपीको रूपमा कार्यरत छन्।


