२०८३ साउन १३ गते बुधबार

मधेशको कथामा बनाइएको फिल्म ‘राजागञ्ज’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २२
rajagunj-1736126900

काठमाडौँ – नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित  निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताए ।

उनले भने, “यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई यसमा देखाइएको छ । यो एउटा महिला प्रहरी अधिकृतको कथा हो ।”

निर्देशक रौनियारले चलचित्रको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीका आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताए । उनले नेपालबाहिर यस चलचित्रलाई ‘पूजा सर’ कै नाममा प्रदर्शन गर्दै हुनुहुन्छ । यस चलचित्रमा सात महिला पात्र केन्द्रीय भूमिकामा रहेकी छन् । “मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । विश्वका ठूलाठूला महोत्सवमा छानिएको चलचित्र बल्ल हामीले नेपाल ल्याएका छौँ । यो हाम्रो समाजकै एउटा कथा वा घटना हो”, उनले भने ।

चलचित्रको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई छन्। उनले व्यावसायिक सफल चलचित्र ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छानिएका चलचित्र ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसकेका छन्।

कलात्मक र व्यावसायिक दुवै किसिमका चलचित्रमा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताए । “एकै किसिमको चलचित्रमा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन । हामीले केही समययता अब्बल चलचित्र बनाइरहेका छौँ, जसले अन्तरराष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ । त्यस्ता चलचित्रमा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिन किनकि देशबाहिर चलचित्र होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ”, उनले भने ।

अभिनेत्री ऋचा शर्माले चलचित्रमा आउनैपर्ने मधेसको एउटा कथा आएको बताए । उनले भने, “यो विषयमा चलचित्र बन्नु आवश्यक थियो । मधेसको कथामा केन्द्रित यस चलचित्रको कन्द्रीय भूमिकामा भने महिला छन्, सात महिलाले कथा भनेका छौँ । यसले मधेसको विविधतालाई चलचित्रमार्फत धेरै दर्शकसम्म पु¥याउँछ ।”

चलचित्रमा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि यसमा समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिए। उनले भने, “तराईको सौन्दर्य, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यसलाई घटेका घटनाहरूबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभर महोत्सवमा सहभागी भएर रुचाइएको चलचित्र नेपाली दर्शकको प्राथमिकतामा पर्नेमा विश्वस्त छौँ ।” यो चलचित्र निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गर्नुभएको उनले बताए ।

प्रकाशित: २०८१ फाल्गुण २२ गते बिहिबार ०८:१७
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना