काठमाडौँ- राष्ट्रिय क्रान्तिकारी मोर्चाले प्यालेस्टिनलाई उपनिवेश बनाउने कोसिस भएको भन्दै विरोध गरेको छ।
काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शनकारीले प्यालेस्टाइनका पक्षमा नाराबाजी गरेका हुन्।
उनीहरूले अमेरिकाले प्यालेस्टाइनलाई अमेरिकाले उपनिवेश बनाउन लागेको आरोप लगाएका थिए।
‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ, स्वाधीनताको लागि संघर्षशील प्यालेस्टिनहरुप्रति ऐक्यबद्धता जनाऔं’लगायतका नाराबाजीसहित प्रदर्शन गरिएको थियो।















