काठमाडौँ- देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिङ-मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ।
राजमार्गअन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडकमा धुलैधुलो छ।
तीन खण्डमा विभाजन गरी विस्तारको काम सुरु गरिए पनि काम प्रभावकारी रुपमा हुन सकेको छैन।
सडक विस्तारको काम लम्बिँदा स्थानीयले भने सास्ती भोग्नुपरेको छ।
हिउँदमा धुलाम्य बनेको बाटोको काम पुरा नभए वर्षायाममा हिलाम्य बन्ने भएको छ।








तस्बिर : नेपाल फोटो लाइब्रेरी


