२०८३ कार्तिक १२ गते बुधबार

त्यो कालो झण्डा पर्व

 |  अनूपराज शर्मा
Sanket

अनूपराज शर्मा

काठमाडौँ, फाल्गुण २४
anupraj_sharma

आज धेरैले यो दाबा गर्दछन् कि २०१७ साल पुस १ गतेको राजाको कदमको विरोधमा त्यही वर्ष फागुन ७ गते देखाएको कालो झण्डा पर्वको योजनाकार उनीहरू नै हुन् भनेर। पुस १ गतेको अनपेक्षित कदमबाट हतप्रभ भएको नेपाली काङ्ग्रेस स्वयम् रनभुल्ल परेको थियो। त्यो कालो झण्डा पर्व त त्रिचन्द्र कलेज र पद्मकन्या कलेजका विद्यार्थीले गरेको दुस्साहस थियो। त्यसको योजना त तक्षबहाल, असनको हामी बस्ने डेराको भान्सा घरमा तयार भएको थियो।

प्रश्न उठ्यो १० वटा कालो झण्डा चाहिने भयो, कहाँबाट ल्याउने? यस्तैमा शैलजा आचार्यको भाइ प्रदीप आचार्य आए र कालो पछ्यौरी किन्ने प्रस्ताव राखे अनि शैलजा, विजया, कुन्दन र अरू दुई तीन जना महिलाहरूले कालो पछ्यौरी ओड्ने र त्यसैलाई कालो झण्डाको रूप दिने निर्णय गरियो। साथै कालो झण्डा देखाएपछि प्रहरीले पक्रन छुटाएको मध्येलाई जीपमा राखी त्यहाँबाट लग्ने र भूमिगत राख्ने योजनाअनुसार शैलजा, कुन्दन, विजया र अरू तीन जनाले (अहिले मलाई सबैको नाम सम्झना भएन।) कालो पछ्यौरी ओडे। तक्षबहालको घरमा सबै कुरा तय भएपछि ठीक ११ः३० बजे टुँडिखेल खरीको बोटमा जुलुसमा सामेल हुने तयारी भयो। आज त्यस ऐतिहासिक दिनका कतिपय पात्रको मृत्यु वा विदेश बसाइ भएको छ।

हामीहरू सबै त्यस दिन खरीको बोटमा सलामी टक्य्राउन गयौँ र पद्मकन्याका विद्यार्थीहरूमध्ये चार जनाले कालो पछ्यौरी ओडी अघिअघि पद्मकन्याका त्यसपछि हामी त्रि–चन्द्रका विद्यार्थीहरू सामेल भयौँ।

राजा महेन्द्रको ठीक अगाडि पुगेपछि पद्मकन्या कलेजका चार वा पाँच जनाले आफूले लगाएको पछ्यौरी हटाइ हातमा लिई फहर्‍याइ नारा लगाए- ”राजा महेन्द्र मुर्दावाद !”, ”प्रजातन्त्रको हत्यारा राजा मुर्दावाद” आदि–आदि। त्यसपछि टुँडिखेलमा ठूलो भागदौड भयो।

प्रहरीसँग त्यसबेला राइफल पनि थिएन। एउटा सानो लठीको भरमा नियन्त्रण गर्न पनि गाह्रो। उता कुन्दन शर्मा पक्राउबाट उम्किनु भएछ। र हामीले फेरी विद्यार्थीहरूलाई जम्मा गरी त्यहाँ एक कुनाबाट कुन्दन शर्मा र अर्को कुनाबाट कपिल चित्रकार (यिनी असन मासांग गल्लीमा बस्दथे र बीएससीका विद्यार्थी र कमल चित्रकारका भाइ हुन्।) को नेतृत्वमा म अनूपराज शर्माले भाषण गर्‍यौँ।

त्यहाँबाट हाम्रो दुई गुट भयो। पछि फेरि हाम्रो एकता भई हामीले चिच्याइ–चिच्याइ “प्रजातन्त्रका हत्यारा राजा महेन्द्र मुर्दावाद !” भन्यौँ। त्यत्तिकैमा एउटा स्वर सुनियो—“काङ्ग्रेसी रण्डी मुर्दावाद !”।

चिरञ्जीवीदत्त तिवारीजस्ता कुपात्र काङ्ग्रेसलाई स्वीकार भयो तर वीरेन्द्रभक्तजस्ता समर्पित कार्यकर्ताहरूलाई किनारा लगाइयो। यस्तो अवस्था अहिले पनि नेपाली काङ्ग्रेसमा देखिन्छ, अरू दलले पनि यसको सिको गर्दैछन्।

मलाई छक्क लाग्यो—आफ्ना दिदीबहिनीहरूलाई त्यस्तो शब्द उच्चारण गर्न कसरी सकेका होलान् ! यी चिच्याइ–चिच्याइ कराउने चाहिँ थिए- त्रिचन्द्र कलेजका विद्यार्थी, हाम्रै साथी थिए। उनको नाम थियो- चिरञ्जीवीदत्त तिवारी। तिनै चिरञ्जवीदत्तले पछि पुनः बहुदलीय व्यवस्थामा नेपाली काङ्ग्रेसबाट टिकट पाई उम्मेदवार भई चुनाव लडे। काङ्ग्रेसका जुझारु व्यक्तिहरू छक्क परे।

लोकतन्त्र मासिएको शान्तिपूर्ण विरोध गर्दा रण्डी जस्तो अपशब्द प्रयोग गर्ने व्यक्तिमाथि कार्बाही हुनुपर्नेमा ३० वर्षपछि दुर्भाग्यवश उनले पुरस्कार पो पाए। हाम्रो राजनीतिक चरित्रको एउटा विद्रूप रूप थियो यो।

त्यस दिनको कालो झण्डाको पर्व सकिएपछि टुँडिखेल एकैछिन पछि शान्त भयो। खरीको बोटको ड्यास खाली थियो। कुन्दन शर्मालाई हामीहरूले तयार गरेको जीपमा राखी लगिएछ र गोविन्दप्रसाद प्रधानको घरमा सुरक्षित राखिएको रहेछ।

गोविन्दप्रसाद प्रधान २०१६ सालमा कानुनमा स्नातक गरेपछि पाटन इलाका अदालतमा इलाका न्यायाधीशमा नियुक्त भएका थिए। २०१७ साल पुसमा दल प्रतिबन्धित भएपछि राती–राती यिनै गोविन्दप्रसाद प्रधान काठमाडौँ इलाका न्यायाधीश मधुप्रसाद शर्मासँग मिलिकन पर्चा छर्न जान्थे। प्रजातान्त्रिक व्यवस्था समाप्त भएकोले त्यसबेला नेपाली काङ्ग्रेस विशृङ्खलित अवस्थामा थियो। के गर्ने वा नगर्ने, यो दलको कुनै आधिकारिक निर्देशन थिएन। सबै असमञ्जस्यको अवस्थामा थिए।

२०१७ सालको त्यो काण्ड हुँदा सुवर्ण समशेर कलकत्तामा थिए। यसैबीच कलकत्ता हाइकमान्डबाट केशवराज पिँडाली आइपुग्नु भयो र राती–राती काठमाडौँमा बाँकी रहेका लोकतान्त्रिक समूहको बैठक बस्न थाल्यो। यो बैठक कहिले हामी बस्ने डेरामा, कहिले रश्मीको घरमा बस्दथ्यो। उनी बालकृष्ण समशेरकी छोरी थिइन्। नुतन दाइ राती अलिकति पातलो सिरक नै ओढी बैठकमा आउनुहुन्थ्यो। एकजना व्यक्तित्व छुटाउनै नहुने खालका थिए। टोलमा उनको बोलाउने नाम बाबुकाजी (आधिकारिक नाम भने वीरेन्द्रभक्त श्रेष्ठ) थियो। त्यसबेला यिनले एसएलसी पास गरिसकेका थिएनन् तर नेपाली काङ्ग्रेसतिर साह्रै समर्पित भई यिनी काम गर्दथे। तर पार्टीले भने यिनलाई पछि घात गर्‍यो। यिनको भतिजो छोटो अवधिको लागि खेलकुदमन्त्री भएका थिए।

मलाई वीरेन्द्रभक्तको निक्कै माया लाग्छ। अहिले म ८० वर्ष पुग्न लागेको बेलामा पनि पछाडि फर्केर वीरेन्द्रभक्तलाई हेर्छु, उनलाई केको कमी थियो र? साहुको छोरा, इन्द्रचोक चोकाक्षे घर भएको मान्छे। नेपाली काङ्ग्रेस प्रतिबन्धित भई उनलाई पनि पक्रन सक्ने अवस्थामा पनि इमान्दारिताका साथ काङ्ग्रेसमा समर्पित रहेको मानिस ! यस्तो समर्पित लोकतन्त्रवादीलाई पूर्णरूपले काङ्ग्रेसीहरूले फाले। चिरञ्जीवीदत्त तिवारीजस्ता कुपात्र काङ्ग्रेसलाई स्वीकार भयो तर वीरेन्द्रभक्तजस्ता समर्पित कार्यकर्ताहरूलाई किनारा लगाइयो। यस्तो अवस्था अहिले पनि नेपाली काङ्ग्रेसमा देखिन्छ, अरू दलले पनि यसको सिको गर्दैछन्।

(पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनूपराज शर्माको संस्मरणत्मक कृर्ति ‘को अनूप?’ बाट)

प्रकाशित: २०८१ फाल्गुण २४ गते शनिवार ०९:४१
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना